Bisal Chautari Logo

घरायसी विवाद भएपछि विषादी सेवन गरि एकको मृत्यु

- २४ कार्तिक २०७४, शुक्रबार ०६:२७ मा प्रकाशित


One’s death consumed poisonous food
विशाल चौतारी समाचार
गौशाला, २०७४ कात्तिक २४ शुक्रवार । महोत्तरीे सोनमा गाउँपालिकामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका– ६ का ६० वर्षीय बुधन बिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घरायसी विवादका कारण गएराति धानमा छर्किने रोगर नामक विषादी सेवन गरेका बिनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए । यसअघि सम्सी स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई अञ्चल अस्पताल जनकपुर लगिएको थियो । रासस

प्रतिक्रिया