Bisal Chautari Logo

कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप, दुई घाइते

- २४ कार्तिक २०७४, शुक्रबार ०५:५५ मा प्रकाशित


Two injured
विशाल चौतारी समाचार
सोलुखुम्बु, २०७४ कात्तिक २४ शुक्रवार । सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी प्रचारप्रसारका क्रममा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली कांग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।बिहीबारदेखि नै तनाव भएको भए पनि शुक्रबार बिहान झडप भएको हो । झडपका घाइते दुवैजनाको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया