Bisal Chautari Logo

तोक्मे बुढा र विल्सन विक्रम अव एउटै भिडियोमा (ट्रेलर सहित)

- ९ बैशाख २०७१, मंगलवार ०४:४१ मा प्रकाशित


Takme Buda And Wilson Bikram Rai Song – Pani Pani
काठमाडौं, ९ बैशाख । नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरिलय ‘मेरी बास्सै’का चर्चित हास्य अभिनेता ‘तोक्मे बुढा’ र नेपाली चलचित्रका सफल अभिनेता विल्सन विक्रम राई अब एउटै भिडियोमा देखिने भएका छन् । 
प्रसंग : तोक्मे बुढा र विल्सन विक्रम राई एउटै व्याक्ति भएपनि यी दुई पात्र आ–आफ्नै स्थानमा चर्चित रहेका छन् । हास्य अभिनेताबाट चलचित्रको पर्दामा अभिनेता भएका विल्सन विक्रम राई ‘तोक्मे बुढा’ पछिल्लो समय राम्रा गायकको रुपमापनि चिनिन थालेका छन् । केही समय अगाडी ल्याएको ‘यो मनले रोजेछ एउटालाई’ बोलको गीत युटुव च्यालनमा चर्चित रहेको छ । 
यस्तै क्रममा फेरी अभिनेता राईले कमेडी गीत ‘पानी पानी जिन्दगानी’ तयार गर्ने भएका विशाल चौतारीलाई बताएका छन् । प्रकाश ओझाले निर्देशन गर्ने भिडियोमा अभिनेता राई आफ्ना चर्चित दुई फरक–फरक रुपहरु तोक्मे बुढा र विल्सन विक्रम राईको रुपमा प्रस्तुत हुदैछन् । 
हाल युके र युरोप टुरमा निस्किएका अभिनेता विल्सन विक्रमले विशाल चौतारीलाई बताउदै विदेश भ्रमणबाट नेपाल आए लगतै आफ्नै वेबसाइट च्यानल ‘तोक्मे बुढा’ डटकमबाट सो गीत सार्वजनिक गर्ने बताए । आफ्नै स्वर, संगीत तथा शब्दमा रहेको गतिलाई दर्शकहरुले एउटा फरक प्रस्तुतीमा देख्न सक्ने अभिनेता राईले बताए ।

 भिडियो ट्रेलर हेर्न यहा क्लिक गर्नुहोला । 

add

प्रतिक्रिया