Bisal Chautari Logo

हेलिकोप्टरमार्फत खोटाङमा निर्वाचन सामग्री

- २३ कार्तिक २०७४, बिहीबार ०७:५८ मा प्रकाशित


Election materials in Khantong by helicopter
विशाल चौतारी समाचार
खोटाङ,धनगढी, २०७४ कात्तिक २३ बिहिवार । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।

x]lnsf]K6/af6 lgjf{rg ;fdu|L
cfufdL d+l;/ !) ut] x’g] k|ltlglw tyf k|b]z;ef lgjf{rgsf nflu g]kfnL ;]gfsf] x]lnsf]K6/af6 laxLaf/ vf]6fª NofOPsf] lgjf{rg ;fdu|L e08f/0f u[xtkm{ n}hfFb} DofbL k|x/L / sfof{no ;xof]uL . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;

हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो ।
एक लाख २५ हजार १८३ मतदाता रहेको जिल्लामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए । जिल्लामा १७९ मतदान केन्द्र रहेको छ ।
जिल्लामा कायम गरिएको १३६ मतदानस्थलमध्ये २८ वटालाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिको बैठकमार्फत भौगोलिक अवस्था, सुरक्षा चुनौती, निर्वाचन केन्द्रमा हुनसक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, विगतका चुनावमा भएका घटना लगायतका आधारमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।
निर्वाचन अवधिभर एक हजार ८०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । दशवटा राजनीतिक दलका नेताले उम्मेदवारी दिएका छन् । जिल्लामा एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । रासस

प्रतिक्रिया