Bisal Chautari Logo

नुवाकोटमा असिनाले पाँच करोडको अन्नबाली नोक्सान

- २२ कार्तिक २०७४, बुधबार ११:०८ मा प्रकाशित


Disinvestment loss of five million rupees
विशाल चौतारी समाचार
नुवाकोट २०७४ कात्तिक २२ बुधवार । धान भित्र्याउने समयमा आएको असिनाबाट जिल्लामा करिब रु पाँच करोडको क्षति पुगेको छ ।कात्तिक ११ गते शनिबार आएको वर्षा र हावाहुरी सहितको असिनाले धान, कोदोलगायत अन्नबाली तथा तरकारीमा रु चार करोड ९२ लाख चार हजारको क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।
                                                                                                                            फाइल फोटो

जिल्लाको विदुर नगरपालिका, मेघाङ, तार्केश्वर, ककनी लगायतका गाउँपालिकाको एक हजार ८१७ घरपरिवारको ८१३ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको कृषि कार्यालयका प्राविधिकले संकलन गरी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
वर्षासहितको असिनाले मेघाङ गाउँपालिका–४, ५ र ६ मा पर्ने सामरी भञ्ज्याङ, कल्लाबारी, थुम्का र फलाँटे लगायतका बस्तीका एक हजार ५०० किसानको ६८५ हेक्टर क्षेत्रफलमा लगाएको धान ५० देखि ९० प्रतिशतसम्म क्षति भएको छ ।
यस्तै, तारकेश्वर गाउँपालिका–१ दाङ्सिङको ४५ घरपरिवारले दश रोपनी क्षेत्रफलमा लगाएको धान र व्यावसायिक लप्सी खेतीमा असिनाले क्षति पु¥याएको छ । विदुर नगरपालिका–७ तुप्चेको अक्करे, रातमाटे, महादेवखर्क, वडा नंं १३ को कल्याणपुरफाँट, हर्कपुर, हुलाकघरका दुई सय घरपरिवारको ११३ हेक्टरमा लगाएको धान, कोदो, आलु र तरकारी खेतीमा असिनाले रु ६८ लाख चार हजार बराबरको नोक्सान पुर्‍याएको छ ।
यस्तै, ककनी गाउँपालिकाको ओखरपौवा, चाउथे लगायतका बस्तीका ३५ घरधुरीले लगाएको धान, कोदो, तरकारी र आलुमा असिनाले क्षति पुर्‍याएको छ । भित्र्याउने समय भएको धान, कोदो, तरकारी र भर्खरै रोपेको आलु खेतीमा असिनापानी क्षति पुर्‍याएको छ ।
असिनाले मुख्य बाली धानमा बढी क्षति पुर्‍याएको छ । किसानलाई राहत तथा अनुदान उपलब्ध गराउन दैवी प्रकोप तथा राहत व्यवस्थापन महाशाखासँग समन्वयन गरेको डा गैरेले बताए । राहत उपलब्ध गराउन बजेट प्राप्त नभएकाले केन्द्रमा पहल गरी सहयोग उपलब्ध गराइने उनको भनाइ छ । यसअघि साउन(भदौमा जिल्लाको विभिन्न बस्तीका किसानले बाढी र पहिरोबाट करिब रु दश अर्बको नोक्सान बेहोरे पनि राहत पाउन सकेका छैनन् ।रासस

प्रतिक्रिया