Bisal Chautari Logo

गोरखा २ का प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी लडेर घाइते

- २२ कार्तिक २०७४, बुधबार ०७:३४ मा प्रकाशित


Narayankaji injured
विशाल चौतारी समाचार
गोरखा, २०७४ कात्तिक २२ बुधवार । माओवादी केन्द्रका नेता तथा गोरखा-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् ।
सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ । सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् ।
बारपाकमा अहिले सुरु भएको चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न पाएनन् ।
घाइते नभएको भए बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर-घरमा पुग्ने उनको योजना थियो । उक्त योजना स्थगित भएको छ ।

 

प्रतिक्रिया