Bisal Chautari Logo

जंगबहादुर भेटिए दुइ थान भरुवा बन्दुक सहित

- २२ कार्तिक २०७४, बुधबार ०६:५१ मा प्रकाशित


Meet Jung Bahadur with gun
विशाल चौतारी समाचार
सिरहा, २०७४ कात्तिक २२ बुधवार । प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सिरहाको धनगढीमाई नगरपालिका ८ मुसहरनियाबाट मंगलबार दिउँसो धनगढीमाई नगरपालिका १० भर्लेनीका ५८ वर्षीया जंगबहादुर तामाङलाई पक्रउ गरेको हो ।
                                                                                                                फाइल फोटो

चुनावी सुरक्षार्थ खटेका ईलाका प्रहरी कार्यालय धनगढीको टोलीले तामाङसहित चार जनालाई देखेका थिए। ‘प्रहरी टोलीलाई देखेपछि उनीहरु भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले लखेट्यो’, इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले भने, ‘लखेट्दा पनि तीन भागे पनि तामाङ भने पक्राउ परेका छन्।’ फरार तीन जनाको पनि खोजी भइरहेको उनले भने।
पक्राउ परेका तामाङमाथि हतियारबारे अनुसन्धान थालेको र हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।

प्रतिक्रिया