Bisal Chautari Logo

एक प्रेमी जोडीले झुण्डीएर गरे आत्महत्या, कारण यस्तो छ

- २२ कार्तिक २०७४, बुधबार ०५:४६ मा प्रकाशित


Suicide attack by a lover couple
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २२ बुधवार । एक प्रेम जोडीले विवाह गर्न नपाए पछि दुवै जनाले झुण्डीएर आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ७ का गणेशपुर निवासी १६ वर्षीय प्रभास (विशाल) विक र १५ वर्षीय वसन्ती विकले बिछोडको पिडामा झुण्डीएर आत्महत्या गरेको हो ।
बाल विवाह गर्नं लागेको भन्दै समाज र सरोकारवालाले अवरोध गरेपछि दाङका उक्त दामपतिले आत्महत्या गरेको प्रहरीले जनाएको छ । चैत्रमा विशालले वसन्तीलाई भगाएर आफ्नो घरमा ल्याएका थिए । चैत्रमा विवाह गर्नु हुदैना भनेपछि वैशाखमा विवाह गर्ने तयारीका साथ उनीहरू दान्पतिकै रूपमा विशालको घरमा २० दिन सँगै बसेका थिए । विशालको अभिभावकले पनि छोराको बिहेका लागि आवश्यक गरगहना लत्ताकपडा सबै किनिसकेका थिए । तर स्थानीय स्तरका सरोकार बालाले उनीहरूको विवाहलाई बाल विवाह भन्दै विवाह गर्न दिएन ।
बसन्ती कक्षा ८ मा र विशाल कक्षा १० मा अध्यायनरत थिए । समाजका अघुवा र वाल सरोकार बालाले उनीहरूलाई पहिले पढाई पुरा गरेर विवाहको सल्लाह दिएका थिए अन्यार्थ बिहे हुन नसक्ने बताएका थिए । तर उनीहरू दुवैले छुट्टिएर बस्न नसक्ने बताएका थिए ।
सरोकार बालाले वसन्तीलाई आफ्नो माइती घर पाठाएका थिए तर उनले माइती घरमा नै झुण्डीएर गत असोज ७ गते आत्महत्या गरेकी थिइन । वसन्तीले आत्महत्य गरेपछि बिछोडका पिडा खेप्दै आएका विशालले पनि आइतबार आफ्नै घरको शौचलयामा झुण्डीएर आत्महत्या गरेको प्रहरीले जानकारी दिए । विशाल एक्लो छोरा भएकाले विशालको अभिभावक भने बेहोस अवस्थामा छन् । बाल विवाहमा सरकार र बाल सरोकारवालेहरुले बाल विवाहमा प्रतिबन्ध लगाउदै आएको छ ।

प्रतिक्रिया