Bisal Chautari Logo

बसबाट खस्दा सहचालकको मृत्यु

- २१ कार्तिक २०७४, मंगलवार १२:१० मा प्रकाशित


The death of the operator died from the bus
विशाल चौतारी समाचार
भक्तपुर, २०७४ कात्तिक २१ मंगलवार । अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्य्विनायक नगरपालिका चुनदेवीमा आज बसबाट खसेका सहचालकको मृत्यु भएको छ ।
काठमाडाँैबाट सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा.२ ख. ४०९८ नम्बरको बसबाट सोही बसमा काम गर्ने सहचालक सिन्धुपाल्चोक सांगाचोक ११ का अनिल गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुडिरहेको बसबाट खसेर गम्भीर घाइते भएको गिरीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस

 

प्रतिक्रिया