Bisal Chautari Logo

विवाह गरेको सात दिन नपुग्दै बेपत्ता भएको वेहुला २८ दिनपछि झुण्डीएको अवस्थामा फेला

- २१ कार्तिक २०७४, मंगलवार ०८:४६ मा प्रकाशित


The dead body found dead
विशाल चौतारी समाचार
अर्घाखाँची, २०७४ कात्तिक २१ मंगलवार । गङ्लमा झुन्डिएको अबस्थामा एक युवकको शव फेला परेको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.७ फुदवाङ नजिकैको जंगलमा चिन्न नसकिएको शव फेला परेको हो । स्थानियबासीले दाउराघास काट्न जंगलमा गएको बेला झुन्डिएको अबस्थामा शब देखेपछि प्रहरीलाई खबर गरेका हो ।
                                                                                                                       फाइल फोटो

असोज २२ गते आइतबार सन्धिखर्कबाट बेपत्ता भएका पाणिनी गाउँपालिका वार्ड नं ५ साविक मैदान ५ धारापानीका हरिप्रसाद भट्टराईको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ । साथमा एक मोबाईल फेला परेको छ । मोबाईलको नम्बर ९८४७३०६९४५ रहेको छ ।
झुन्डिएको ठाउँमा राष्ट्रिय बाणिज्य बैकमा जम्मा गरेका स्लिप र जुत्ता( कपडा समेत फेला परेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको थियो । मृतकका आफन्त अझै आईपुगेका छैनन् । आफन्त आएपछि मात्र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिने प्रहरीले बताएको छ । आफन्त नआएसम्म प्रहरीले जंगलमा नै शव कुरेर बस्ने छ ।
३० बर्षीय हरि भट्टराई निमाबि स्थायी शिक्षकको रुपमा नवलपरासी जिल्लामा कार्यरत रहेका थिए । हरिले केही समय अगाडि पाणिनी गाउँपालिका वार्ड नम्बर ४ का नारायण घिमिरेकी छोरी बिष्णु घिमिरेसंग बिबाह गरेका थिए ।

प्रतिक्रिया