Bisal Chautari Logo

देउसीभैलोको पैसाले बजारमा बत्ती जडान

- २१ कार्तिक २०७४, मंगलवार ०७:४८ मा प्रकाशित


Deusi Vailo’s Money Connects the Light
विशाल चौतारी समाचार
डोल्पा, २०७४ कात्तिक २१ मंगलवार । डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका –१ अन्तर्गत प्रहरी चौकीका प्रहरी सामूहिक तिहारमा खेलेको देउसीभैलीको रकमबाट नगरपालिकाको केन्द्र बगर बजारमा बिजुली बत्ती जडान गरेका छन्।
                                                                                                                                फाइल फोटो

गत आइतबार नगरपालिका केन्द्रको माथिल्लो बगरदेखि ठूली पुलसम्मका बिजुलीका खम्बामा २१ सिएफएल बत्ती जडान गरिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी निरीक्षक रोमहर्ष सिजवालले बताए।
चौकीका प्रहरीले सामूहिक रुपमा तिहारमा देउसी खेल्दा सोह्र हजार उठेको थियो, सो रकमबाट तार र सिएफएल बल्ब खरिद गरेर बगर बजारका पोलमा बत्ती जडान गरेका छौँ, बत्ती जडान गरिएपछि शान्ति सुरक्षाका हिसाबमा पनि सघाउ पुग्ने विश्वास छ”, सिजवालले भने।
बजारमा उज्यालो भएपछि नगरका पसल तथा घरमा चोरी हुने सम्भावना कम हुने विश्वास लिइएको छ। त्रिपुरासुन्दरी नगरपालिकाका महिला तथा प्रहरीले प्रत्येक वर्ष तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्दैआएका छन्। रासस

प्रतिक्रिया