Four people were killed and seven others injured in the accident
विशाल चौतारी समाचार
सिन्धुली,२०७४ कात्तिक २० सोमवार । आइतबार राति सिन्धसलीको फिक्कल गाउँपालीका ४ टर्कीबेसीमा बोलेरो दुर्घट्ना हुँदा एकै गाउँका चार जनाको मृत्यु र ७ जना घाइते भएका छन् ।
फाइल फोटो
सिन्धुलीको खुर्कोटबाट खाङ्साङको पोटीतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको डवल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी टिकाबहादुर केसीले जानकारी दिए ।
मृत्यु हुनेमा फिक्कल गाउँपालिका ४ का ४० वर्षीय अम्मरबहादुर दर्लामी, ४० वर्षीय रामप्रसाद बराल र ५९ वर्षीय दिपबहादुर मगरको घटनास्थलमै मृत्यु भएको र ६० वर्षीय नरबहादुर बलमपाखी मगरको खुर्कोटस्थत सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परी फिक्कल गाउँपालिका ४ का ४१ वर्षीय धनबहादुर पुर्वाछान गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौंस्थित बी एण्ड बी अस्पतामा रिफर गरिएको प्रहरी प्रमुख केसीले बताए ।
अन्य ६ घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने र घाइते हुनेहरु एकै गाउँका र आफन्त रहेको प्रहरीले जनाएको छ । उनीहरु भूकम्प पीडितले पाउँने दोस्रो किस्ता बापतको १ लाख ५० हजार रकम अनुदान लिएर घर फर्कदै गर्दा उकालो सडकमा बोलेरो दुर्घट्नामा परेको बताइएको छ। दुर्घट्ना पछि बोलेरोको चालक फरार भएको भएपनि हाल इलाका प्रहरी कार्यालयले खुर्कोटले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया