Bisal Chautari Logo

‘वल्र्डकप इन नेपाल’ च्यारिटीबाटै प्रसंसा बटुल्दै

- १० बैशाख २०७१, बुधबार १६:३४ मा प्रकाशित


World Cup in Nepal movie
काठमाडौं, १० बैशाख । पछिल्लो समय नेपाली फुटबल जति ओरालो लाग्दै गइरहेको भएपनि चलचित्र ‘वल्डकप इन नेपाल’ले भने प्रसंसा बटुल्दै गइरहेको छ । केही दिन अगाडी काठमाडौमा गरिएको सिनेमाको च्यारिटी शो मा नेपालका चर्चित कलाकारहरुदेखी फुटबल खेलाडी तथा फुटबलसंग सम्वन्धित संघसंस्थाका व्याक्तित्व र पत्रकारहरुले चलचित्र हेरीसकेपछी एकदमै राम्रो भएको प्रतिकृया दिए । 
चलचित्र हेर्न कुमारी हलमा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, एन्फा अध्यक्ष गणेश थापा, एकिकृत नेकपा माओवादीका नेतृ हिसिला यमी, मुख्य सचिव लिलामणी पौडेल, हास्य अभिनेता दिपकराज गिरी, फुटबलर हरि खड्का लगायत उपस्थित रहेका थिए । 
फुटबलसंग सम्बन्धीत पहिलो नेपाली चलचीत्र ‘वल्ड कप इन नेपाल’ सिनेमा हेरेका चलचित्र समिक्षकहरुलेपनि राम्रो प्रयास रहेको बताउदै चलचित्र राम्रो बनेको बताए । चलचित्र समिक्षक तथा चलचित्र हेर्नेहरुबाट तारीफ पाएपछी चलचित्र ‘वल्ड कप इन नेपाल’ सफल हुने कुरामा निमार्ता प्रकास थापा बिश्वस्त रहेको बताउछन् । राम शरण पाटकद्धरा निर्देशित चलचित्र ‘वल्डकप इन नेपाल’ले नेपालका लागि बिश्वकप सहभागिता बर्तमान परिस्थितीमा असम्भब रहेपनि नेपाली बाल खेलाडीको विश्वकप खेल्ने सपनालाई पर्दामा उतारेका छन् । चलचित्र हलमा हेरी रहदा सिनेमा भित्रको राष्ट्रगान बज्दा हलमा उपस्थित सबैजना उठेर राष्ट्रगान गाउनमा साथ दिएका थिए ।  
त्यस्तै चलचित्र हेर्न आएका पुराना फुटबलर हरि खड्का चलचित्र ‘वल्ड कप इन नेपाल’ हेरेपछी आसु पुछ्दै हल बाहिर निश्किएका थिए । उनले कुराकानि गर्दै चलचित्रमा आफ्नै कथा पाएको बताए । चलचित्र हेर्ने क्रममा धेरै ठाउँमा आफु रोएकोपनि बताए । 
गत बर्ष नै तयार भएको यो सिनेमा केही वर्ष अगाडी जेरुसेलममा ‘फेस्टीबल इन इस्ट एसिया’मा सहभागिता जनाएको थियो । सो फेष्टिभलबाट चलचित्रले नेपालको विशेष चलचित्रको रुपमा घोषित गरेको थियो । गोरखाको वारपाक मुख्य क्षेत्र रहेको चलचीत्रको सुटिङमा सबै कलाकारले उत्तिकै मिहेनत गरेका कारणपनि सफल हुने कुरामा चलचित्रका निर्देशक पाठक बिश्वस्त रहेका छन् । संयोगबस पहिलो अन्तराष्ट्रिय गोल गरेका फुटबलर यम बहादुर घलेकै गाउमा चलचीत्रको छांयाकन भएको थियो ।
यो चलचीत्रमा एन्फा एकडेमीका खेलाडीको अभिनय जिबन्त रहेको चलचित्रका निर्देशक पाठकले बताए । एन्फा एकेडेमीका उमेस थापा, सागर लामा, प्रबिण तामाङ, ऋषि थापा मगर, विपिन सापकोटा, राम फागु, बिसाल र पर्वत सुब्बबाले चलचित्रमा अभिनय गरेका छन् । यसका अलावा गीरी प्रसाद पुन:, शर्मीला शर्मा, कुलचन्द्र पुरी, गोपाल अयाृल, संगम राई र सोनु केसीको पनि अभिनय रहेको छ । नेचुरल मुभि मेकसको ब्यानरमा निर्माण भएको चलचीत्रमा राम तामाङ पनि निर्माता रहेका छन् । राजु भण्डारीको सम्पादन रहेको चलचीत्रमा मनीस पन्त र रत्न कार्कीका छायांकन रहेको छ । जुगल श्रेष्ठको संगीत रहेको चलचीत्रको नृत्य निर्देशक कृष्ण भक्त मर्हजन छन् ।

add

प्रतिक्रिया