Rejected that Rambaran did not find home
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २० सोमवार । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाइ घरभाडा नतिरेको भन्दै सार्वजनिक बेइज्यती गरेको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले घरभाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका हो ।
सरकारसँग सम्झौता गरी यादवलाई घर भाडामा उपलव्ध गराउँदै आएका ललितपुर महानगरपालिका ४, बागडोलका रविभक्त बिष्टले सम्झौता नवीकरण नभएको भन्दै सूचना जारी गरेका हुन ।
।
घरबेटी विष्टले प्रकाशित गरेको सूचनामा भनिएको छ(‘सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घर कम्पाउण्ड पूर्ववत अवस्थामा खाली गरी १०७४÷४÷१ देखि खाली गर्दासम्मको घरबहाल तथा विजुलीको बिल वमोजिमको रकम उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु । अन्यथा कानून बमोजित भई जाने व्यहोरा सादर अनुरोध छ ।’
हेर्नुहोस् सूचना
पूर्वराष्ट्रपति यादवलाई राष्ट्रपति कार्यालय शीतल निवासले आवास सेवा उपलब्ध गराउँदै आएको विष्टले जारी गरेको सूचनामा उल्लेख छ । तर, गत साउनदेखि राष्ट्रपति कार्यालय र पूर्वराष्टपछि यादवले आफ्नो घरको विजुलीको बिल र घरभाडा नतिरेको विष्टले गुनासो गरेका छन् ।
आफूले राष्ट्रपति कार्यालय शीतलनिवास र पूर्वराष्ट्रपति यादवलाई पनि पटक÷पटक ताकेता गर्दा पनि घरबाट नहटेकाले बाध्य भएर सूचना जारी गर्नुपरेको घरबेटीको तर्क छ । सरकारले पूर्वप्रंधानमन्त्रीलाई समेत मासिक घरभाडा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया