Bisal Chautari Logo

अवैध लागुऔषधसहित तीन पक्राउ

- १९ कार्तिक २०७४, आईतवार ०८:३७ मा प्रकाशित


Three arrested with legitimate drugs
विशाल चौतारी समाचार
ललितपुर, २०७४ कात्तिक १९ आइतवार । लागुऔषध बोकेर हिँडेको अवस्थामा प्रहरीले स्थानीय तिखिदेवलबाट ललितपुर महानगरपालिका–१४बस्ने प्रवेश ढुंगाना र विक्रम खड्कालाई पक्राउ गरेको छ ।
                                                                                                                          फाइल फोटो

लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा कात्तिक १७ गते सिल्ड एण्ड सर्च अप्रेसनमा खटिएको प्रहरीले उक्त स्थानमा रहेको बा ३१ प ७९८७ नंको मोटरसाइकल जाँच गर्दा कारोबारी पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।
अभियुक्तका बयानका आधारमा लागुऔषध वितरण गर्ने प्रभु साह भनिने जमुना साह तेलीको डेरा तलास गरी निजलाई समेत पक्राउ गरिएको छ । उनको डेराबाट थप लागुऔषध फेला परेको जनाइएको छ । पर्सा जिल्ला घर भएका हाल काठमाडाँैं महानगरपालिका–२६ बस्ने साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया