Bisal Chautari Logo

ड्युटीमा बसेका हवल्दारको मृत्यु

- १७ कार्तिक २०७४, शुक्रबार ०९:३८ मा प्रकाशित


The death of Havaldar who lives in duty
विशाल चौतारी समाचार
भक्तपुर, २०७४ कात्तिक १७ शुक्रवार । भक्तपुरको मध्यपुर थिमि प्रहरी वृत्तमा कार्यरत एक प्रहरी हवल्दारको गएराति ११ बजे अकस्मात् मृत्यु भएको छ ।
कार्यालयमै ड्युटीका क्रममा एक्कासि ढलेका ४३ वर्षीय लालबाबु राउतको मृत्यु भएको वृत्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
ढलेलगत्तै गठ्ठाघरस्थित नागरिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । वीरगञ्ज पर्सा निवासी राउतको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।रासस

प्रतिक्रिया