Bisal Chautari Logo

मेस्सीको फ्यानहरुको खुसीको खबर, मेस्सीले जिते मुद्दा

- १७ कार्तिक २०७४, शुक्रबार ०८:१७ मा प्रकाशित


Happy news of Messi’s fans
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक १७ शुक्रवार । स्पेनिस क्लब बार्सिलोनाका अर्जे्न्टिनी स्ट्राइकर लियोनल मेस्सीले आफूमाथि मानहानी भएको मुद्दा जितेका छन् । उनले मुद्दा जितेर पाएको झण्डै ८३ हजार अमेरिकी डलर ‘डक्टर्स विथआउट बोडर्स’ नाकको सामाजिक संस्थालाई सहयोग गरेका छन् ।
                                                                                                                   फाइल फोटो

सन् २०१४ को विश्वकपमा स्पेनिस पत्रिका ला राजोनले मेस्सीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएको थियो । फाइनलमा १–० ले जर्मनीसँग हारेको खेलमा मस्ेसी प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत भएका थिए । ला राजोनमा उनीविरुद्धका सामग्री प्रकाशित भएपछि उनले कानूनी कारबाहीका लागि मानहानीको मुद्दा दर्ता गराएका थिए ।
अदालतले मेस्सीमाथि अनावश्यक आरोप लगाएको भन्दै पत्रिका ला राजोन त्यसका प्रमुख फ्रान्सिस्को मारुएन्दा र लेखक एल्फन्सो युसियालाई दोषी मानेको छ । पत्रिकाले त्यो एक विचार प्रदान लेख मात्रै भएको बताए पनि अदालतले मेस्सीमाथि अनावश्यक आरोप लागेको, उनको सामाजिक प्रतिष्ठामा आँच आएको जनाएको छ ।

 

प्रतिक्रिया