Bisal Chautari Logo

प्रमको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य यथावत

- १६ कार्तिक २०७४, बिहीबार १०:४२ मा प्रकाशित


Price of petroleum substance
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १६ बिहिवार । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार राति गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ ।
                                                                                                                   फाइल फोटो

प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिनुभएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
निगम व्यवस्थापनले पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार बुधबार रातिदेखि लागू हुने गरी एलपी ग्यासमा प्रतिसिलिण्डर रु २५, पेट्रोलमा प्रतिलिटर रु दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । सरकारको निर्देशनपछि वृद्धि भएको मूल्य फिर्ता गरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले बताए ।रासस

प्रतिक्रिया