Bisal Chautari Logo

राजेशपायलले बसन्तपुरमा दिनैभरी गाउँदा

- १२ बैशाख २०७१, शुक्रबार १७:५१ मा प्रकाशित


rajesh payal rai
काठमाडौं वैशाख १२ । एउटा कार्यक्रममा १० वटा गीत गाउँदापनि गायन राजेशपायल राईको एक दिनको समय खर्च हुदैन । तर शुक्रवार काठमाडौंको बसन्तपुरमा गायक राजेशपायल एउटै गीतलाई दिनैभरी गाइरहे । 
गायक राजेशपायलले बारम्बार दोहोर्‍याइरहेको गीतको बोल थिए, ‘यसैले पढ्न लेख्न सिकायो, यसैले अघि बढ्न सिकायो, मेरो काठमाडौं, प्यारो नेपाल’ । तर गायक राईले गाएको प्रसंग थियो, चलचित्र ‘साइकल’मा रहेको देशभक्तिपुर्ण गीतको । त्यहाँ घुम्न आएका पर्यटक नेपालको झन्डा लिएर नाँचे । तर, राजेशपायल गीत गाइरहेका थिएनन्, गीत गाइरहेको अभिनय मात्रै गरिरहेका थिए ।
रक गायकका रुपमा उनले कन्सर्टमा उक्त गीत गाइरहेको दृष्य चलचित्रमा समेटिने भएको छ । चलचित्रको गीतमा गायक राजेशपायलले स्वर दिएका छन् । चलचित्रमा विक्की मल्ल, ममता लुईटेल, दिनेश डि सि, आनन्द पुन, हषिर्का श्रेष्ठ, विश्वराम खड्का, रामचन्द्र अधिकारी, उत्तम केसी आदि कलाकारहरुले अभिनय गरिरहेका छन् । संगीतकार राजेन्द्र श्रेष्ठद्धारा निमिर्त चलचित्रका निर्देशक शिव घिमिरे हुन ।

 
 

प्रतिक्रिया