Bisal Chautari Logo

८८ किलो सुनको छानमिन नसकिदै, फेरी १७ किलो सुन बोकेको युवा समातिए

- १६ कार्तिक २०७४, बिहीबार ०७:४१ मा प्रकाशित


Take 17 kg of gold coins
विशाल चौतारी समाचार
लमजुङ, २०७४ कात्तिक १६ बिहिवार । झोलामा अनुमानित १७ किलो सनु बोकेर मनाङ तर्फ मोटरसाइकलमा झर्दै गरेका युवकलाई प्रहरीले पक्रयउ गरेको छ । उक्त युवकलाई मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट पक्राउ गरेको हो ।
मोटरसाइकलमा आउँदै गरेका ती युवक प्रहरीले चेकिङका क्रममा रोकेपछि भागेका थिए । प्रहरीले ती युवालाई भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट पक्राउ गरेको हो ।
डीएसपी पदमबहादुर विष्टले १७ थान सुन समातिएको बताए । ‘हेर्दा सुन हो । ती युवकले पनि सुन नै भनेका छन् । यसको तौल के कति हुन्छ जोख्नु पर्छ । सामान्यतय एक थानमा एक किलो हुने गरेको छ,’ उनले भने । प्रहरीले विस्तृत विवरण बताएको छैन ।
उनका अनुसार मनाङको नासोङ गाउँपालिका ९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङ भन्ने युवकलाई पक्राउ गरिएको छ । उनले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नं. को मोटरसाइकल समेत समातिएको डिएसपी विष्टले बताए ।
गत १९ भदौमा बरामद गरेको अबैध ८८ केजी सुन तस्करीको अझै छानमिन भैसकेको छैन । यसको छानमिन नसकिदै फेरी १७ किलो सुन समातियको हो ।

प्रतिक्रिया