Bisal Chautari Logo

हजुरआमाको मलामी जादा, लगे खोलाले

- १५ कार्तिक २०७४, बुधबार १०:४४ मा प्रकाशित


nepali news
विशाल चौतारी समाचार
पाल्पा, २०७४ कात्तिक १५ बुधवार । स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् ।
पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा बेपता भएको हो ।
हजुरआमाको मलामी गएका गाहा, नदीको किनारामा कपडा र मोबाइल राखेर नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताए । स्थानीय राम्दी प्रहरी चौकीका प्रहरीले अहिले नदी आसपासको क्षेत्रमा गाहाको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया