Bisal Chautari Logo

सिरहामा ६ वटा मतदान केन्द्र थप

- १५ कार्तिक २०७४, बुधबार ०८:४७ मा प्रकाशित


Add 6 polling centers to Siraha
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १५ बुधवार । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिरहामा छ वटा मतदान केन्द्र थप गरिएको छ । गत असोज २ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र कायम भएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्दिारा यादवले जानकारी दिनुभयो । योसँगै सिरहामा अव मतदान केन्द्रको संख्या ४३६ पुगेको छ ।
यहाँ रहेका मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र खारेज गरिएको छ भने स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २३० वटा मतदान केन्द्र अहिले पनि कायम रहेको प्रमुख यादवले बताउनुभयो ।
पछिल्लो पटक सिरहा नगरपालिका–१७ मा, लहान नगरपालिकाको वडा नं ३, गोलबजार नगरपालिका–२, औरही गाउँपालिकाको वडा नं ३, अर्नमा गाउँपालिका– ३ र नरहा गाउँपालिका–नं १ मा मतदान केन्द्र थप गरिएको तथा कल्याणपुर नगरपालिका– ६ को कटटहा मतदान केन्द्र खारेज गरिएको हो ।
प्रतिनिधिसभाका लागि चारवटा र प्रदेशसभाका लागि आठवटा निर्वाचन क्षेत्र रहेको सिरहामा पुरुष एक लाख ८४ हजार १०१, महिला एक लाख ६० हजार २६७ र दुई तेस्रो लिंगी गरी तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । (रासस)

प्रतिक्रिया