Bisal Chautari Logo

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

- १४ कार्तिक २०७४, मंगलवार ०६:३२ मा प्रकाशित


The pedestrian death from the bus accident
विशाल चौतारी समाचार
उर्लाबारी, मोरङ, २०७४ कात्तिक १४ मंगलवार । मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
                                                                                                                       फाइल फोटो

पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठलाई सोमबार साँझ ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।
ठक्कर दिने बस र त्यसका चालक बाराको सिमरा–३ घर भएका ४८ वर्षीय वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस

प्रतिक्रिया