Bisal Chautari Logo

टिकट नपाए पछि अनशन बस्न थाले नेताहरु

- १३ कार्तिक २०७४, सोमबार १०:२० मा प्रकाशित


political news
विशाल चौतारी समाचार
राजविराज, २०७४ कात्तिक १३ सोमवार । अगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा ९नेपालका नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बस्नुभएको छ ।
                                                                                                                           फाइल फोटो

राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहनुभएका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाउनुभएको छ ।
जनआन्दोलन र मधेश आन्दोलनका अगुवाइलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउँदै यादव राजविराजस्थित गजेन्द्र चोकमा अनशनमा बस्नुभएको हो । विसं २०४८ देखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उहाँ स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदका आकांक्षी हुनुहुन्थ्यो ।
“नेतृत्वले प्रतिनिधि सभा वा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिएको थियो,” उहाँले भन्नुभयो । सातबुँदे माग अघि सार्दै उहाँ अनशनमा बस्नुभएको हो । रासस

 

प्रतिक्रिया