Bisal Chautari Logo

जिप दुर्घटनामा चारजनाको मृत्यु

- १३ कार्तिक २०७४, सोमबार ०९:४० मा प्रकाशित


Four people died in a jeep accident
विशाल चौतारी समाचार
उदयपुर, २०७४ कात्तिक १३ सोमवार । उदयपुर उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा चार जनाको जटनास्थलमै मृत्यु भएको छ ।
                                                                                                                फाइल फोटो

जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर भएको सो दुर्घटनामा जिपमा रहेका अन्य छजना अझै नभेटिएको इलाका प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए । प्रहरी घटनास्थलतर्फ गइसकेकाले घटनाको थप विवरण आउने जानकारी दिए।

प्रतिक्रिया