Bisal Chautari Logo

भाइ हत्यामा पक्राउ परेकी युवतीले प्रहरी हिरासतमा नै आत्महत्या गरीन

- १३ कार्तिक २०७४, सोमबार ०६:४८ मा प्रकाशित


The woman arrested in the murder of Brother
विशाल चौतारी समाचार
लहान, २०७४ कात्तिक १३ सोमवार । भाइको हत्या आरोपमा पक्राउ परेकी एक युवतीले आज साँझ इलाका प्रहरी कार्यालय, विष्णुपुर, सिरहाको प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन् ।
                                                                                                                             फाइल फोटो

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतभित्रै रहेको शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिप्रका सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।
नुहाउन जान्छु भन्दै शौचालय छिरेकी प्रियंका ननिस्किएपछि महिला प्रहरीले ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
शव झुण्डिएको अवस्थामा आजै साँझ माइती पक्षलाई बोलाई घटनास्थल प्रकृति मुचुल्का उठाएर परीक्षणका लागि सिरहा जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।
सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नर्सरीमा अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका आफ्नै ठूलो बुबाको छोरा भाइ १४ वर्षीय भवेश यादवलाई केटा साथीसँग मिलेर हत्या गरेको आरोपमा पक्राउ परेकी प्रियंका र उनका केटा साथी सञ्जयकुमार साहलाई इप्रका, मिर्चैयामा आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि मिर्चैयामा महिला थुनुवा राख्ने ठाउँ नभएकाले प्रियंकालाई विष्णुपुर लगिएको थियो ।

प्रतिक्रिया