Bisal Chautari Logo

राजेश पायलले किन कसैलाई इन्सटाग्राममा फलो गरेका छैनन् ?

- १२ कार्तिक २०७४, आईतवार ०६:२७ मा प्रकाशित


rajesh payal rai instagram 0 following
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १२, आइतबार । विश्वमै सेलिव्रेटिहरुका लागी आफ्ना फ्यानहरुसंग जोडिन सामाजिक सञ्जालको धेरै महत्व छ । र सामाजिक सञ्जालको प्रयोग धेरै सेलिव्रेटिहरुले नै गरेको पाइन्छ । समाजिक सञ्जालमापनि पछिल्लो समय सेलिव्रेटिहरुका लागी इन्सटाग्राम लोकप्रिय बन्दै गइरहेको छ । नेपालमा पनि सेलिव्रेटिहरुले इन्सटाग्राम फेसबुकपछि धेरै प्रयोग गर्ने सामाजिक सञ्जाल बनिसकेको छ ।
नेपाली सेलिव्रेटिहरु मध्ये एक स्टार यस्ता छन्, जस्ले कसैलाई फलो गरेका छैनन् । ति स्टार हुन्, गायक राजेश पायल राई अर्थात राई इज किङ । सामाजिक सञ्जाल फेसबुकमा निकै सकृय राजेश पायल राईको फ्यान फालो फेसबुकमा धेरै छन् । इन्सटाग्राममापनि गायक राजेशको कम उपस्थिती भएपनि फलो गर्नेको संख्या ३१ हजार बढी रहेको छ । गायक राईले अहिलेसम्म १२२ वटा तस्बिर पोष्ट गरेका छन् ।
गायक राजेश पायल धेरै सेलिव्रेटिहरुसंग नजिक छन्, तरपनि उनले कुनै सेलिव्रेटिहरुलाई फलो गरेका छैनन् । गायक राजेश पायलले कुनै सेलिव्रेटिलाई फलो नगरेपनि धेरै सेलिव्रेटिहरुले उनलाई भने फलो गरेका छन् । सन्सारमा सेलिव्रेटिहरुले कमै मात्रामा अरुलाई फलो गर्ने गरेका छन् । तर गायक राजेश पायलले किन आफ्ना नजिकका सेलिव्रेटिलाईपनि फलो गरेनन्, त्यो उनैलाई थाहा होला ।

प्रतिक्रिया