Bisal Chautari Logo

प्रतिभा प्रस्तुत गरे किड क्विनका प्रतियोगीले

- १३ बैशाख २०७१, शनिबार १७:१६ मा प्रकाशित


kid queen nepal 
काठमाडौ, १३ बैशाख । नेप्लिज फेशन होमद्धारा आयोजित १२ औं सास्करणको किड क्विन नेपाल–२०१४ का प्रतियोगीहरुले शनिबार आफ्नो प्रतिभा प्रस्तुत गरे । 
ट्यालेन्ट शो अन्तर्गत उनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । ललितपुरको १९९९ एडी पार्टी प्यालेसमा सम्पन्न ट्यालेन्ट शोमा बहुसाख्यक प्रतियोगीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अन्तरा बिष्ट, कृतिना श्रेष्ठ, कषप श्रेष्ठ, बेलिना जोशी, सम्पदा बज्राचार्य, श्रुती बल्ल, आस्ना बैद्य, कविता श्रेष्ठ, निशा देवान, सिनोन केसी, रोमिया स्थापित रहेका छन् । यस्तै रिदम थापामगर, मेरी केसी, अमिसा कुावर, समिता तामाङ, रुचीता महर्जन, भावना श्रेष्ठ, कृतिका अधिकारीले नृत्य गरेर आफ्ना अभिभावक र निर्णायकलाई मन्त्रमुग्ध तुल्याएका थिए । 
यस्तै प्रतिभा प्रस्तुतिका क्रममा आर्या भण्डारी, रोज्मी स्थापित, प्रकृति खरेल, एकता खोटेजाले विभिन्न गीत प्रस्तुत गरेको सो कार्यक्रममा दुर्गा नेपाल, आस्मि कुावर र सुप्रिना पाख्रिनले चित्र बनाए । यस्तै एली राजभण्डारीले हेयर स्टाईल प्रस्तुत गरेको सो कार्यक्रममा सृष्टिका बज्राचार्यले किबोर्ड र रानु दाशले पियानोमा मिठो धुन बजाएका थिए । यस्तै सम्पदा उप्रेतीले बाल श्रमबारे बक्तब्य दिईन् ।
सो प्रतियोगिताका निर्णायकमा गायक निर्णय श्रेष्ठ, सञ्चारकर्मी हेमन्त गौतम, मिस नेवा अलिशा बज्राचार्य, गायक युवराज चौलागाई, निम्स कलेजका प्रिन्सिपल मिलन शाक्य, नमुन कलेज अफ फेशन टेक्नोलोजिक उप प्रमुख जिबेश्वरलाल श्रेष्ठ र सागीतकार निर्मल बस्नेत र अभिनेत्री दीया मास्के थिए । 
वार्षिक परीक्षा सकेर बसेका बालिकाहरुको प्रतिभा प्रस्तुति र उनीहरुको व्यक्तित्व विकासका लागि नेप्लिज फेशन होमले बिगत १२ वर्ष देखि किड क्विन नेपाल आयोजना गर्दै आएको होमकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रममा बताईन् ।

add

प्रतिक्रिया