Bisal Chautari Logo

सोनाक्षी सिन्हाले लेखाइन् गिनीज बुकमा नाम, बलिउडका अरु क-कस्ले नाम लेखाए गिनीज बुकमा

- १० कार्तिक २०७४, शुक्रबार १२:०६ मा प्रकाशित


Sonakshi Sinha wrote the Guinness Book in the name,
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक १० शुक्रवार । बलिउडमा हरेक शुक्रबार केही न केही रेकर्ड बन्ने गरेको छ । कुनै फिल्मले व्यावसायिक रेकर्ड तोड्छन् भने कुनैले असफलताको रेकर्ड राख्छन् । फिल्मसँगै त्यसमा संलग्न कलाकार, निर्देशक, प्राविधिकको पनि रेकर्ड बन्दै र टुट्दै जान्छ । भारतीय अनलाइनले विभिन्न समयमा विभिन्न शीर्षकका गिनिज बुक अफ वल्र्ड रेकड्र्समा नाम दर्ता भएका बलिउड स्टारबारे रिपोर्ट तयार गरेको छ ।

आशा भोस्ले

गायिका आशा भोस्लेले ११ हजारभन्दा बढी एकल गीत गाएकी छिन् । सन् २०११ मा उनको नाम सर्वा्धिक गीत गाउने भारतीय गायिकाका रूपमा गिनिज बुकमा लेखिएको हो । आशाले हिन्दी, नेपाली, मराठीलगायत विभिन्न २० भाषामा गीत गाएकी छिन् ।

 

 

अमिताभ बच्चन

अमिताभ बच्चनको नाम पनि एउटा अनौठो रेकर्डका कारण गिनिज बुकमा दर्ता भएको छ । अभिताभले १९ जना फरक–फरक गायकका साथ हनुमान चालिसा गाइसकेका छन् । सोही आधारमा उनको नाम रेकर्ड भएको हो ।

 

 

 

शाहरुख खान

किङ खानको नाम पनि गिनिज बुकमा दर्ता भएको छ । उनको चाहिँ सन् २०१३ को सर्वा्धिक कमाइ गर्ने बलिउड हिरोको रूपमा गिनिज बुकमा नाम रेकर्ड भएको हो । शाहरुखले सो वर्ष २२०.५ करोड भारु कमाइ गरेका थिए ।

 

 

 

 

कुमार सानु

बलिउड पाश्र्वगायक कुमार सानुको नाम पनि गिनिज बुकमा दर्ता छ । एकै दिनमा सर्वा्धिक गीत गाएर उनले रेकर्ड राखेका हुन् । यो सन् १९९३ को कुरा हो, सानुले एकै दिन २८ वटा गीत रेकर्ड गराए । त्यही कुरा गिनिज बुकमा रेकर्ड भएको हो ।

 

 

समीर अन्जान

गीतकार समीर अञ्जानको नाम पनि गिनिज बुकमा लेखिएको छ । ‘साजन’, ‘राज’जस्ता फिल्मका गीतकार समीरले अहिलेसम्म ३५ हजारभन्दा बढी गीत लेखिसकेका छन् । सर्वा्धिक गीत रचनाकारका रूपमा उनको नाम लेखिएको हो ।

 

 

 

ललिता पवार

अभिनेत्री ललिता पवारको नाम सबैभन्दा लामो समयसम्म फिल्म अभिनय गरेकी अभिनेत्रीका रूपमा दर्ता छ । उनले ७० वर्षसम्म अभिनय गरिरहिन् । सो अवधिमा उनले सात सयभन्दा बढी फिल्ममा अभिनय गरेकी थिइन् ।

 

 

 

क्याट्रिना कैफ

अभिनेत्री क्याट्रिना कैफको नाम पनि गिनिज बुकमा लेखिएको छ । उनको नाम सन् २०१३ की सर्वा्धिक पैसा कमाउने भारतीय अभिनेत्रीका रूपमा गिनिज बुकमा नाम रेकर्ड भएको हो । क्याट्रिनाले त्यो वर्ष ६३.७५ करोड भारु कमाएकी थिइन् । त्यही कुरा गिनिज बुकमा लेखिएको हो ।

 

 

 

सोनाक्षी सिन्हा

अभिनेत्री सोनाक्षी सिन्हाको नाम पनि गिनिज बुकमा रेकर्ड भएको छ । उनले यो उपलब्धि सन् २०१६ मा पाएकी हुन् । उनले एकै समयमा धेरै महिलाका साथ नेट पेन्ट गरेर रेकर्ड राखेकी हुन् । गत वर्ष विश्व महिला दिवसका दिन मुम्बईमा एउटा कार्यक्रम आयोजना भएको थियो । त्यहाँ सोनाक्षी र उनकी आमा पुनम सिंहले पनि भाग लिएकी थिए । त्यो कार्यक्रममा १३ सय २८ महिलाले एकसाथ नेल पेन्ट गराएका थिए । त्यसको हिस्सा सोनाक्षीलाई पनि मिल्यो । नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

 

अभिषेक बच्चन

अभिषेकको नाम पनि गिनिज बुकमा रेकर्ड भएको छ । १२ घण्टामा सबैभन्दा धेरैपटक सर्वसाधरणमाझ देखिएको सेलेब्रिटीका रूपमा उनको नाम लेखिएको हो । अभिषेक सन् २००९ मा रिलिज भएको ‘दिल्ली ६’ नामक फिल्मको प्रमोसनका क्रममा १२ घण्टा लगातार सातवटा सहरका पब्लिकमाझ पुगेका थिए । त्यतिवेला उनी गाजियाबाद, नोएडा, फरिदाबाद, दिल्ली, गुडगाउँ, चन्डीगढ र मुम्बई पुगेर पब्लिकसँग साक्षात्कार गरेका थिए । त्यो कामका लागि उनले त्यतिवेला आफ्नो निजी जेट विमान र कारबाट झन्डै १८ सय किलोमिटरको दूरी पार गरेका थिए । यो मामलामा अभिषेकले हलिउड स्टार बिल स्मिथलाई पनि जितेका थिए । सन् २००४ मा आफ्नो फिल्म ‘आइ रोबर्ट’को प्रमोसनका क्रममा बिल दुई घण्टामा तीन स्थानका दर्शकमाझ पुगेका थिए ।

प्रतिक्रिया