Bisal Chautari Logo

लडेर महिलाको मृत्यु

- ९ कार्तिक २०७४, बिहीबार १२:१२ मा प्रकाशित


Women’s death
विशाल चौतारी समाचार
बैतडी, २०७४ कात्तिक ०९ बिहीवार । बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वर तिलाडीकी ३४ वर्षीय अनिता विष्टको लडेर मृत्यु भएको छ ।
आज बिहान घर नजिकै रहेको तिलाडी भिरमा खर काटिरहेका बेला लडेर गम्भीर घाइते भएकी अनिताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

प्रतिक्रिया