Rajesh Payal Rai song Timilai Man Paraunu Ft Samjhana Rai and Nirajan Pradhan
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक ९, बिहिबार । ‘तिमीले बाटो फेरेउ अरे’ बोलको गीत नसुन्ने नेपाली संगीतका श्रोताहरु कमै होलान् । सोही गीतको गीतकार दर्पण राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।
मोडल तथा म्युजिक भिडियो निर्देशक समेत रहेका दर्पणको ‘तिम्लाई मनपराउनु मेरो गल्ती होइन’ बोल गीतको भिडियो यु–ट्युबमा रिलिज गरिएको हो । गीत तथा भिडियो सार्वजनिक गर्दै दर्पणले भने, ‘यो गीत पनि श्रोता/दर्शकले रुचाउछन् भन्ने अपेक्षा गरेको छु ।’
सार्वजनिक गीतका मेगास्टार राजेशपायल राईको स्वर रहेको रहेको छ । महेन्द्र राईको संगीत रहेको यस भिडियोमा निराजन प्रधान र सम्झना राईका अलावा दर्पणको पनि अभिनय हेर्न सकिन्छ । सुशांक काडेलले निर्देशन गरेको यस भिडियोलाई दर्पणलाई सस्पेन्सका रुपमा प्रस्तुत गरिएको छ । वान साइटेड लभस्टारी प्ले गरिएको यस भिडियोलाई हरि हुमागाइाले खिचेका हुन् । सम्पादन निशान भट्टराईले गरेका हुन् ।
प्रतिक्रिया