Bisal Chautari Logo

आगमी चुनावका लगि सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

- ९ कार्तिक २०७४, बिहीबार ०८:३२ मा प्रकाशित


Approval by the President to conduct the operation of the army
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ०९ बिहीवार । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति प्रदान गरेकी छिन् ।
                                                                                                                               फाइल फोटो

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेकी राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा योजना, २०७४ मा व्यवस्था भएअनुसार सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मकरुपमा परिचालन गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति भण्डारीले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन् ।

 

प्रतिक्रिया