Bisal Chautari Logo

गंगामायाको अनशन पाँचै बर्षमा लागे, अनशनमै पतिको निधने, कारण यस्तो छ

- ९ कार्तिक २०७४, बिहीबार ०६:२५ मा प्रकाशित


Gangamaya’s Anshan took five years
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ०९ बिहीवार । गोरखा फुजेलकी गंगामाया अधिकारी चार बर्षदेखि अनशनमा छिन् । उनको अनशन कात्तिकको दोस्रो साता चार वर्ष पुरा भई पाँच लागेको छ ।
छोराको हत्यारालाई पक्राउ गरी कारबाही माग राख्दै अनशन सुरु गरेको चार वर्ष पुरा भई पाँच लागेको छ । वीर असप्तालमा चार वर्षदेखि सरकारी रेखदेखमा अनशन बसिरहेकी छिन् । उनका लागि महिना र बारले कुनै अर्थ राख्दैनन् । न कुनै चाडपर्व र उल्लासले नै छुन्छ । गंगामाया अधिकारी र उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७१ असोज ६ गते निधन भयो । उनका सब अझै शिक्षण अस्पताल, महाराजगन्जमै छ । खबर आजको कान्तिपुर दैनिकमा छ ।
अझै कति दिन यसरी बस्नुहुन्छ ? ‘सास छउन्जेल, गांमाया भन्छिन् माग पुरा भए भने हो, नत्र म जिउँदै यहाँबाट निस्कने छैन ।’
छोराको हत्यारालाई कारबाही हुनेपर्ने माग राख्दै गंगामाया र नन्दप्रसाद दम्पतीले २०७२ पुस ६ गते सर्वोच्च अदालतले उनको छोरोको हत्या अभियोग लागेका व्यक्तिलाई पक्रेर अनुसन्धान सुरु गर्न आदेश गरेपछि उनले अनशन तोडेकी थिइन । त्यसयता मलाई दूध र सुप खुवाउन थालिएको छ, गंगामाया भन्छिन् । सर्वोच्चलको आदेश पालना हुन्छ कि भनेर मैले थप दुई वर्ष कुरेँ तर भएन ।

 

प्रतिक्रिया