18 years old,What to do, what not to do?
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ०८ बुधवार । नेपालमा अब १८ बर्षसम्मकोलाई नाबालक बनाउने भएको छ । मुलुकी ऐनअनुसार १६ वर्ष उमेरसम्मलाई नाबालक मान्ने गरिएकोमा त्यसमा २ वर्ष उमेर बढाउदै संशोधन गरी १८ वर्ष बनाइएको हो ।
फाइल फोटो
मुलुकी देवानी संहिता ऐन, २०७४ मा अन्तर्रा्ष्ट्रिय मापदण्ड पछ्याउँदै १८ वर्ष उमेरसम्मकालाई नाबालक परिभाषित गरिएको हो । मुलुकी ऐनमा भएको पुराना कानुनी प्रावधानलाई समयअनुसार परिवर्तन गर्दै संसद्ले ‘मुलुकी देवानी संहिता ऐन, २०७४’ पारित गरिसकेको छ ।
नाबालकको हकमा १० वर्षभन्दा कम उमेरका आमाले अर्को विवाह गरे पनि आमासँगै बस्न पाउने व्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको संहिता ऐन, २०७५ भदौ १ देखि लागू हुनेछ ।
१४ वर्ष उमेर पुगेलाई काममा लगाउन पाइने
ऋब १४ वर्ष उमेर पूरा गरेका बालबालिकालाई घरेलु सहायकका रुपमा काममा लगाउन पाइने छ । बालबालिकालाई घरेलु काममा लगाउन नपाइने कानुनमा पनि सुधार गरिएको हो ।
तर, कसलाई काममा लगाइएको हो भन्ने बारे सम्बन्धित गाउँपालिका, नगरपालिकाको वडा समितिलाई लिखित रुपमा घरधनीले जानकारी गराउनुपर्नेछ । काममा लगाउने घरधनीले बालबालिकालाई स्कुल अनिवार्य पठाउनुपर्नेछ । त्यसैगरी उसको स्वास्थ्य उपचार व्यवस्था र उचित पारिश्रमिक समेत दिनुपर्ने व्यवस्था कानुनमा गरिएको छ ।
धनीले छोराछोरी भए पनि धर्मपुत्र÷पुत्री राख्न पाउने
छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न नपाउने व्यस्था परिवर्तन गर्दै छोराछोरी भए पनि धर्मपुत्र÷पुत्री राख्न पाउने गरी कानुनमा सुधार गरिएको छ । कुनै व्यक्तिको आर्थिक हैसियत हेरी अदालतले आदेश गरेमा धर्मपुत्रपुत्री राख्न पाउने व्यवस्था देवानी संहिता ऐनमा गरिएको हो ।
तर, आर्थिक हैसियत कमजोर भएका व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने छैनन् । ‘होस ठेगानमा नभएको, नैतिक पतन देखिने फौजदारी कसुर गरेको र आर्थिक हैसियत कमजोर भएका व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने’ कानुनमा उल्लेख छ ।
प्रतिक्रिया