Bisal Chautari Logo

निर्वाचन आयोगले धमाधम मतपत्र छपाउन थाले

- २ कार्तिक २०७४, बिहीबार ०६:१० मा प्रकाशित


The Election Commission started publishing ballot papers
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २ बिहिवार । आगमी मंसिरमा निर्वाचन हुने पक्का भएपछि निर्वाचन आयोगले धमाधम मतपत्र छपाइ रहेको छ ।
                                                                                                                         फाइल फोटो

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाको आगामी दुई चरणमा हुन लागेको निर्वाचनकालागि समानुपातिकतर्फको मतपत्रको छपाइ आधा सकिएको जनाएको छ।
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नका निम्ति प्राविधिक कामहरुमा वाधा नपुग्ने जनाइसकेको आयोगले अर्को हप्ता प्रत्यक्षतर्फको मनोनयन दर्ता सकिए लगत्तै त्यसको मतपत्र छाप्ने कामपनि थालिने जनाएको छ।
निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, “समानुपातिकतर्फ १ करोड ८० लाख मतपत्रमा अहिलेसम्म ९० लाख भन्दा बढी मतपत्र छपाइ भइसकेको छ। सम्पूर्ण मतपत्र कार्तिक ७ गतेसम्म छापिइसक्नेछ।“
प्रत्यक्षतर्फको प्रदेश र प्रतिनिधि सभाको उम्मेदवारीको मनोनयन दर्ता तीन दिनपछि कार्तिक ५ गते हुन लागेकोले त्यस लगत्तै बाँकी मतपत्रपनि छापिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।
समानुपातिक तर्फ १ करोड ८० लाख मतपत्रमा अहिलेसम्म ९० लाख भन्दा बढी मतपत्र छपाइ भइसकेको छ। सम्पूर्ण मतपत्र कार्तिक ७ गतेसम्म छापिइसक्नेछ ।
प्रमुख निर्वाचन आयुक्तले भने, “कार्तिक ८ गते हामी राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गर्छौं । त्यसपछि मात्र मतपत्र छाप्ने काम शुरु हुन्छ। प्रत्यक्षतर्फ १ करोड ७४ लाख मतपत्र छाप्ने आयोगको योजना छ।”

प्रतिक्रिया