Bisal Chautari Logo

दाइको हत्या गरेर फरार भएको भाइ, १७ बर्षपछि पक्राउ

- २७ आश्विन २०७४, शुक्रबार ११:३४ मा प्रकाशित


Arrested 17 years after being abducted
विशाल चौतारी समाचार
तुलसीपुर २०७४ असोज २७ शुत्रबार । दाइको हत्या गरेर फरार भएको भाई १७ बर्षपछि जिल्ला प्रहरी कार्यालय सल्यानले कर्तव्य ज्यानको आरोपमा पक्राउ गरेको छ ।
                                                                                                                               फाइल फोटो

आफनो सहोदर दाई हेरम गोसाईको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भरत बहादुर विकले जानकारी दिए ।
पक्राउ पर्नेमा तत्कालिन स्यानीखाल गाविस ९ घर भई हाल तुलसीपुर उप महानगरपालिका १ छोटे निवासी बिजुले भन्ने विजय गोसाई रहेको प्रहरीले जनाएको छ ।
२०५७ कात्तिक १४ गते सामन्य विवाद हुँदा हसीयाँ प्रहार गरि गम्भिर घाइते भएका दाइको केहि समयपछि उपचारका क्रममा मृत्यु भएको थियो । दाङ प्रहरीको सहयोगमा सल्यान प्रहरीले बिहिबार आरोपीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया