Bisal Chautari Logo

दाजु साउदीमा पसिना बगाउदै, भाइले भाउजू लिएर हिंडे काठमाण्डौँ

- २७ आश्विन २०७४, शुक्रबार ११:०१ मा प्रकाशित


Nepalese society has been shaken
विशाल चौतारी समाचार
चितवन, २०७४ असोज २७ शुत्रबार । वैदेशिक रोजगारले कतिलाई त राम्रै भएको छ । तर कतिको घर नै र्बबाद हुने पाइन्छ । बिहे गरेर बेदेशिक रोजगारमा जनेका श्रीमती अर्कौसँग बिहे गरेर जाने प्रबिति पछिलो समयामा बढेको छ ।
                                                                                                                               फाइल फोटो

यस्तै चितवन स्थायी घर भएका दान बहादुर राईले पनि आफ्नै भाउजूसँग प्रेम विवाह गरेर काडमाडौँ छिरेका छन् । उनको आफ्नी श्रीमती भने बिचल्लीमा त परेकी छिन् । साथै सिङ्गो पारिवारिक वातावरण नै खलबलिएको छ ।
दाजु सहोदर वैदेशिक रोजगारीका लागि साउदी गएको बेला भाउजू गीता राईलाई च्यापेर दानबहादु काठमाडौँ आएका हुन ।
दुई छोराहरू समेत रहेका भाउजूलाई लिएर काठमाडौँ बस्दै आएको दानबहादुर लाई उनको श्रीमतीको उजुरीका आधारमा काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।
श्रीमान् खोज्दै काठमाडौँ आएकी दानबहादुरकी श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौँमा बहु–विवाहको उजुरी दिएकी छिन् ।
एकबर्षअघि विवाह गरेका दानबहादुर दाइ विदेशिएपछि भाउजूसँग लसपसिएका थिए । अहिले गीता र दानबहादुर दुवै प्रहरी हिरासतमा छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी सिद्धीविक्रम शाहले भने ‘दानबहादुर र उनको भाउजूलाई पक्राउ गरेर बहु–विवाहको मुद्दा चलाएका छौँ थप अनुसन्धान भइरहेको छ ।’ दान बहादुर र गीताके यो एउटा उदाहरण मात्रै हो । नेपाली समाजमा यस्तो घटनाहरू कयौ भएको पाइन्छ । परिवारलाई सुख दिन्छृु भन्ने सपना बकेर विदेशिएका युवाहरूको आफै सपनामा छु कि विपनामा छु भन्ने बानाइदिन्छ, आफनै श्रीमतीले ।

प्रतिक्रिया