Government relief in agriculture sector
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २२ आइतबार । कृषि क्षेत्रमा बाढी–पहिरोबाट क्षति भएका पीडितलाई राहत वितरणको काम सरकारले शुरु गरेको छ ।
कृषि मन्त्रलयाले आजदेखि प्रभावित ३० जिल्लामा राहत पठाउने काम सुरु गरिएको वरिष्ठ अर्थ विज्ञ मणीरत्न अर्यालले जानकारी दिए ।
फाइल फोटो
अर्थ मन्त्रालयले कृषि क्षेत्रमा क्षति भएका कृषकहरुको लागि १ अर्ब २५ करोड ५६ लाख ६० हजार रकम विनियोजन गरेको छ । सो रकम कृषि विभागबाट प्रत्येक जिल्ला कृषि विभाग कार्यालयमा पठाइने छ । कृषकको क्षतिको विवरण हेरेर मात्रै जिल्ला कृषि विकास कार्यालयले कृषकलाई राहत वितरण गर्ने अर्यालले बताए ।
कुन जिल्लामा कति राहत
१ धनुषा १६ करोड ३२ लाख ५२ हजार
२ बाग्लुङ १८ लाख ४६ हजार
३ बैतडी १७ लाख ५० हजार
४ बाँके ३ करोड ७४ लाख ६५ हजार
५ बारा ६ करोड ३७ लाख
६ बर्दिया ६ करोड १ लाख ३९ हजार
७ चितवन १ करोड ५० लाख ८९ हजार
८ दाङ १ करोड ६८ लाख २२ हजार
९ दार्चुला २३ लाख ७१ हजार
१० डोटीमा २५ लाख
११ गुल्मीमा ५८ लाख ८७ हजार
१२ झापा १२ करोड १५ लाख १४ हजार
१३ कैलाली २ करोड ५८ लाख ६० हजार
१४ कास्की १९ लाख ८३ हजार
१५ ललितपुर १ करोड १९ लाख २२ हजार
१६ महोत्तरी १२ करोड ७९ लाख ३४ हजार
१७ मोरङ ५ करोड ४२ लाख ५३ हजार
१८ नवलपरासी १ करोड ६ लाख १८ हजार
१९ पर्शा १ करोड १० लाख ५५ हजार
२० रामेछाप ५७ लाख ६१ हजार
२१ रसुवा १ करोड ८५ लाख ८ हजार
२२ रौतहट ११ करोड ४० लाख ४२ हजार
२३ रुपन्देही ८५ लाख ३४ हजार
२४ सप्तरी ६ करोड६ लाख ३० हजार
२५ सर्लाही १० करोड २५ लाख ६३ हजार
२६ सिराहा ६ करोड २६ लाख ११ हजार
२७ सुनसुरी ५ करोड ४६ लाख ७५ हजार
२८ तनहुँ १ करोड ६ लाख ८७ हजार
२९ बझाङ २९ लाख ५१ हजार
३० कविलबस्तु १ करोड ७० लाख ६१ हजार
रकम विनियोजना गरिएको कृषि विभाग अन्तर्गतको योजना शाखाका प्रमुख विष्णुकान्त सेडाईले जानकारी दिए ।
प्रतिक्रिया