Bisal Chautari Logo

मुङ्ग्रोले हानी पाँच बर्षीय बालकको हत्या

- २२ आश्विन २०७४, आईतवार ०५:२५ मा प्रकाशित


Child murder
विशाल चौतारी समाचार
धादिङ, २०७४ असोज २२ आइतबार । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ ।
                                                                                                                                 फाइल फोटो

बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिएकाछन् ।
घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिए ।
बालकको हत्यापछि गाउँलेले आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । रासस

 

प्रतिक्रिया