Bisal Chautari Logo

नुहाउने क्रममा नहरमा डुबेर बालकको मृत्यु

- २० आश्विन २०७४, शुक्रबार ११:२५ मा प्रकाशित


The death of a child by  during the bath
विशाल चौतारी समाचार
लहान २०७४ असोज २० शुक्रबार । सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीको पूर्वी किनारबाट निकालिएको नहरमा डुबेर एक बालकको मृत्युु भएको छ ।
                                                                                                                                फाइल फोटो

बिहीबार अपरान्ह कमला नदीको पूर्वी नहरमा नुहाउने क्रममा बालक वाइबाको ज्यान गएको स्थानीय वासिन्दा राजेश विश्वकर्माले जानकारी दिए । मृत्यु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका(५, घर भएका रविन वाइबाको १० वर्षका छोरा सम्भव वाइबा रहेको बन्दीपुर प्रहरीले बताएको छ ।
बालकको शव लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा मा पोष्टमार्टमपछि घर ल्याइएको उनका आफन्तले जानकारी दिए ।

प्रतिक्रिया