Bisal Chautari Logo

हिमाल आरोहण उत्साहजनक

- २० आश्विन २०७४, शुक्रबार १०:१० मा प्रकाशित


Himal ascending excitement
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २० शुक्रबार । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ ।
पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म केही नेपालीसहित १०७ आरोहण दलले आरोहण अनुमति लिएका छन् ।
आरोहीहरु अक्टोबर महिनाभरि आउने भएकाले यो संख्या अझै बढ्ने विभागको अनुमान छ । विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अघिल्लो वर्ष यही मौसममा १५० आरोहण दलले आरोहण अनुमति लिएका थिए ।
अघिल्लो वर्षको संख्या र अवधिलाई हेर्दा यो वर्ष आरोहीको संख्या बढ्ने देखिन्छ । भारत, युरोप अमेरिकालगायत मुलुकबाट आएका कतिपय आरोहीले आरोहण शुरु गरिसकेका छन् । रासस

प्रतिक्रिया