Bisal Chautari Logo

जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

- २० आश्विन २०७४, शुक्रबार ०६:५० मा प्रकाशित


One arrested
विशाल चौतारी समाचार
भीमदत्तनगर, २०७४ असोज २० शुक्रबार । सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
                                                                                                                                  फाइल फोटो

कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८ वर्षीया महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले अभियुक्त विष्टलाई नियन्त्रणमा लिई आज जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको बताए । उनकाअनुसार महिलालाई जबरर्जस्ती गर्न खोज्दा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।रासस

प्रतिक्रिया