Bisal Chautari Logo

एक सातादेखि बेपत्ता नौ बर्षीय बालक खोजी गरिदिन सबैलाई आग्रह

- २० आश्विन २०७४, शुक्रबार ०५:१९ मा प्रकाशित


 nine-year-old boy disappeared from one week
विशाल चौतारी समाचार
डडेल्धुरा, २०७४ असोज २० शुक्रबार । डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता भएका छन् ।
                                                                                                                                 फाइल फोटो

असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ रहेको छ ।
मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिए तर करिब साता बितिसक्दा पनि केही पत्ता नलागेको विवसका बुबा केशव बोहराले बताए । आफन्त कहाँ गयो कि भनेर सबै ठाउँमा खबर गरी सक्दा पनि कतै नभएको खबरले आफूहरूलाई छटपटी बढिरहेको विवसकी आमा चन्द्रादेवी बोहराले बताए ।
प्रहरीलाई पनि खबर गर्दासमेत कहीँकतै नभएको जानकारी आएको केशवको भनाइ रहेको छ । कहीबाट छोराको खबर नपाउँदा विवसका आमाबाबुलाई दिन प्रतिदिन चिन्ता बढदै गएको छ । छोराको खोजी गरिदिनका लागि बोहरा दम्पतीले सबैलाई आग्रह गरेका छन् । रासस

प्रतिक्रिया