Bisal Chautari Logo

प्रेमिकाले ‘भेट्नुछ आउ है’ भनि डाकेपछि टिकाकै दिन ज्यान गए, कारण यस्तो छ

- १८ आश्विन २०७४, बुधबार ०८:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १८ बुधबार । आफ्नो प्रेमिकाले भनि फोन गरेपछि गगन तामाङ प्रेमिकालाई भेट्न पुगे।
                                                                                                                                  फाइल फोटो

रसुवा घत्लाङका २९ वर्षीय तामाङ दशैंको टीकाको दिन प्रेमिका भेट्न गएका घर फिरेनन्। उनको लागि टीकाको दिन नै जीवनको अन्तिम दिन बन्यो। टीकाको दिन चारैतिर खुसियाली थियो। एक युवा भने स्वयम्भूबाट सेतो गुम्वा जाने बाटोमा लडिरहेका थिए। स्थानीयले महानगरीय प्रहरी बृत्त स्वयम्भूमा अज्ञात व्यक्ति मृत वा अचेत अवस्थामा सेतो गुम्वा जाने बाटो नजिकै लडेको खबर र्पुयाए। प्रहरी तत्काल घटनास्थल पुग्यो।
घटनास्थलमा लडेका ती व्यक्तिको प्रहरीले पहिचान र्गयो। उनी अरु कोही थिएनन् । उनी थिए प्रेमिका भेट्न हिँडेका –गगन तामाङ। प्रहरीका अनुसार तामाङको केही समयअघि नै छुरा प्रहार गरी हत्या गरिएको थियो।
कसले किन र्गयो हत्या?
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या गरिएका गगन सुन तस्कर भएको खुल्न आएको छ। गगनले केही समयदेखि रसुवाबाट सुन राजधानी भित्र्याउने गरेको खुल्न आएको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताए।
झण्डै एक महिना अगाडि गगनले मोटरसाइकलमा लुकाएर रसुवाबाट १८ किलो सुन काठमाडौँ ल्याएका थिए। उनले १८ केजी सुन ल्याए पनि सुन मगाउने व्यक्तिलाई १२ केजी मात्र सुन बुझाएका थिए। ६ केजी सुनमा कुरा नमिलेपछि तस्कर समूहमा विवाद बढेको थियो। विवाद भएसँगै गगन एकाएक बेपत्ता भएका थिए।
झण्डै तीन करोड मूल्य बराबरको सुन गगनले लुकाएपछि तस्कर समूहले उनको खोजी तीव्र र्पायो। तस्कर समूह गगनलाई खोज्दै एक महिनाअघि रसुवामा रहेको उनको घरसम्म पुगेको गगनका भिनाजुले प्रहरीमा बयान दिएका छन्।
एकाएक वेपत्ता भएका गगन कहाँ थिए परिवारलाई समेत जानकारी थिएन।
तस्कर समूहले एक दिन गगनकै प्रेमिकालाई उनी पत्ता लगाउने हतियार बनाए। प्रेमिकाको मोवाइलबाट गगनलाई फोन गर्न लगाए। प्रेमिकाको फोन आएपछि गगनले फोन उठाएर कुराकानी गर्न थाले। कुराकानीकै क्रममा तस्करको योजनाअनुसार प्रेमिकाले गगनलाई भेटन् बोलाइन्।
गगनले प्रेमिकाको कुरा अस्वीकार गर्न सकेनन्। त्यही एक कल फोनले नै उनलाई मृत्युको बाटो देखायो। सानो भूल नै हत्याको कारण बन्यो। प्रेमिका भेट्न जाँदा गगन आफ्नै साथीद्वारा रचिएको हत्याको जालमा परे। उनलाई छुरा हानी हत्या गरियो। हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको महाशाखा प्रमुख एसएसपी लोहनीले बताए।

प्रतिक्रिया