Bisal Chautari Logo

पर्यटन क्षेत्रमा आउने पर्यटकबाट उठाउन थालियो शुल्क, कति तिर्नुपर्छ ?

- १८ आश्विन २०७४, बुधबार ०८:०२ मा प्रकाशित


The charge started from the tourist
विशाल चौतारी समाचार
सल्लेरी, सोलुखुम्बु, २०७४ असोज १८ बुधबार । खुम्बुपासाङ ल्हमु गाउँपालिकाले पर्यटक प्रवेश शुल्क उठाउन शुरु गरेको छ ।
                                                                                                                              फाइल फोटो

पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) कार्ड निषेध गर्दै उक्त गाविसले गाउँपालिकाले अक्टोबर १ तारिखदेखि नै शुल्क उठाउन थालेको हो । मौसम प्रतिकूल भएपनि पनि अक्टोबर एक तारिखका दिन हेलिकप्टरमार्फत आएका १०१ बाह्य पर्यटकबाट दुई हजारका दरले पर्यटक प्रवेश शुल्क लिइएको गाउँपालिकाले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड र टानले ११ वर्षदेखि निरन्तर टिम्स कार्डबापत प्रतिपर्यटक रु दुई हजार शुल्क लिँदै करोडौँ पर्यटक प्रवेश शुल्क उठाएपनि खुम्बु क्षेत्रमा पर्यटन प्रवद्र्धनका कुनै पनि काम नगरेकाले गत असार २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले टिम्स कार्ड निषेध गर्ने र आफैँले पर्यटक प्रवेश शुल्क उठाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा अक्टोबर १ तारिखकै दिन मन्जोमा रहेको टिम्स कार्ड चेकपोष्टसमेत हटाएको गाउँपालिकाले जनाएको छ ।
यस कार्यबाट पर्यटक दोहोरो मारमा परेका छन् भन्दै पर्यटन व्यवसायी नाम्गेल शेर्पाले सो निर्णयले पर्यटकले विगतमा रु पाँच हजार ३९९ प्रवेश शुल्क बुझाउनुपर्नेमा अहिले रु सात हजार ३९९ बुझाउनुपर्छ ।
टान र पर्यटन बोर्डलाई टिम्स कार्ड वितरणको जिम्मा दिएको अवस्थामा गाउँपालिकाको निर्णयले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीको टिप्पणी छ ।
टानका महासचिव कर्ण लामाले गाउँपालिकाको यो अपरिपक्क निर्णयले गाउँपालिकालाई नै असर पर्ने हँुदा तत्काल निर्णय सच्चाउनुपर्नेमा जोड दिनुहुन्छ भने गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले भने संवैधानिक अधिकारको प्रयोग गर्दै आफूहरुले पर्यटक प्रवेश शुल्क निर्धारण गरेको बताए ।

प्रतिक्रिया