Bisal Chautari Logo

किन घट्यो सुनको भाउ यसरी, महिनाकै सस्तो

- १८ आश्विन २०७४, बुधबार ०७:४८ मा प्रकाशित


Gold prices decreased
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १८ बुधबार । सुनचाँदीको भाउ महिनाकै न्यून विन्दूमा झरेको छ । चाडपर्वको रौनक बढे पनि बजार मागमा गिरावट आउँदा सुन तथा चाँदीको मूल्यमा भारी गिरावट देखिएको हो ।
                                                                                                                               फाइल फोटो

सुनको भाउ मंगलबार बजार खुलेलगत्तै त्यसअघिको बजार भाउको तुलनामा तोलामा १ हजार रुपैयाँले घटेको छ । गत असोज १० गते प्रतितोला सुनको भाउ ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि बजार खुलेको मंगलबार(असोज १७ ) गते सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ५६ हजार कायम भएको हो ।
यो भाउ असोज महिनाकै न्यून हो । यो महिना असोज १० गते सबैभन्दा बढी प्रति तोला ५७ हजारको उचाईमा पुुगेको थियो ।
सुनसँगै चाँदीको भाउ पनि महिनाकै सस्तो विन्दूमा झरेको छ । असोज १७ गते मंगलबार चाँदीको भाउ प्रति तोला ७५० रुपैयाँ कायम भएको हो । असोज महिनामा चाँदीको भाउ १ र २ गते सबैभन्दा बढी प्रति तोला ७७५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया