Bisal Chautari Logo

हराएका व्यक्ति मृत फेला

- १७ आश्विन २०७४, मंगलवार १२:१५ मा प्रकाशित


The lost person found dead
विशाल चौतारी समाचार
चितवन, २०७४ असोज १७ मंगलबार । चितवनको भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीका एक युवा आज मृत फेला परेका छन् ।
                                                                                                                                 फाइल फाटो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २० वर्षीय शिशिर नेपाली आज घर नजिकैको सडक छेउमा मृत भेटिएका हुन् । उनी सोमबारदेखि हराइरहेका थिए ।
चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले उनको शवलाई शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा ल्याइएको जानकारी दिए ।
आइतबार बढी मादक पदार्थ सेवन गरेको पाइएपछि सोमबार परिवारको निगरानीमा उनलाई घरमा राखिएको थियो । त्यही बेला परिवारलाई छलेर उनी बेलुकादेखि घरबाट हराएको परिवारको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक आचार्यले जानकारी दिनुभयो । सडक छेउमा मृत भेटिएका उनको टाउको र कञ्चटमा चोटसमेत देखिएको आचार्यले जानकारदिएका छन् । रासस

प्रतिक्रिया