Bisal Chautari Logo

पिङ खेल्ने क्रममा छुरा र खुकुरी प्रहार, दुई घाइते

- १७ आश्विन २०७४, मंगलवार ०९:४० मा प्रकाशित


nepal news
विशाल चौतारी समाचार
मोरङ, २०७४ असोज १७ मंगलबार । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।
                                                                                                                                फाइल फोटो

लिंगे पिङ खेल्नेक्रममा विवाद हँुदा पिङ खेल्न आएका अपरिचित ३०/३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।
छुरा प्रहारबाट घाइते मगरलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए । यस्तै, मोरङकै बूढीगंगा गाउँपालिका–२ गंगाचोक बस्ने १९ वर्षीय राकेशकुमार झा खुकुरी प्रहारबाट घाइते भएका छन् ।
उनलाई सोही ठाउँका १८ वर्षीय सुमितकुमार झाले सामान्य विवाद हुँदा साँझ ७ बजेतिर खुकुरी प्रहार गरेका थिए । घाइते राकेशको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने सुमितलाई इलाका प्रहरी कार्यालय, निमुवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया