Bisal Chautari Logo

काम नगरेको भन्दै गाली गरे भनेर, बाबुको हत्या

- १७ आश्विन २०७४, मंगलवार ०८:०८ मा प्रकाशित


Father’s murder
विशाल चौतारी समाचार
सल्यान, २०७४ असोज १७ मंगलबार । बन्गाड कुपिण्डे नगरपालिका– ८ ज्यामिरेका ३० वर्षीय नन्द एरीलाई आफ्ना बाबु ७७ वर्षीय कमारोलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ ।
                                                                                                                                फाइल फोटो

सोमबार बेलुकी काम नगरेको भनी आफूलाई गाली गरेपछि रिसको आवेगमा नन्दले बाबुको टाउकामा चिर्पट प्रहार गरेकामा गम्भीर घाइते भएकाले उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अभियुक्त नन्दको मानसिक सन्तुलन पनि ठीक नभएको स्थानीयवासीको भनाइ छ । नन्दलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भरतबहादुर विकले जानकारी दिनुभयो रासस

प्रतिक्रिया