Bisal Chautari Logo

झडप पछि अनिश्चितकालीन कफ्र्यु आदेश

- १६ आश्विन २०७४, सोमबार ०८:३४ मा प्रकाशित


nepal news
विशाल चौतारी समाचार
बर्दिया, २०७४ असोज १६ सोमबार । जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।
                                                                                                                                 फाइल फोटो

आइतबार सााझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउा सााघुरो भएको विषयलाई लिएर विवाद हुादा दुई पक्षबीच झडप हुादा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नु परेको थियो ।
झडपमा पााचजना सामान्य घाइते भएका थिए । सो घटनापछि दुई पक्षबीच पुन: झडप हुनसक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कफ्र्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
उनका अनुसार स्थिति साम्य नभएसम्म कफ्र्यु आदेश जारी रहनेछ । दुवै पक्षबीच वार्ताको प्रयास भइरहेको पनि प्रजिअ भट्टराईले जानकारी दिए । रासस

प्रतिक्रिया